भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस
![]() |
ध्रुव लम्साल! ५ असार, काठमाडाैं । सिरियल होस् या फिचर फिल्म, केदार घिमिरे (माग्ने बूढा) को उपस्थिति हुनेवित्तिकै दर्शकले लख काट्छन् कि अब यी बूढाले हसाउँछन् । तर, स्टेजदेखि म्युजिक भिडियोसम्म दर्शकलाई हँसाउँदै आएका माग्नेबूढा अहिले अााफैँ रूने अवस्थामा पुगेका छन् ।
सानो आन्द्राको एकपत्र किराले खाएपछि उनी अहिले कलाकारिताको कामै छोडेर उपचारमा लागेका छन् । तर, उपचारका क्रममा अस्पताल जाँदा र घरमा भेट्न अाउनेहरूको सुझाव सुन्दा माग्ने बुढा हैरान बनेका छन् ।
पछिल्लो सयम विल्सन विक्रम राईसँगको सहकार्यमा ‘खासखुस्’ नामक सिरियल निर्माण गरेका माग्नेबूढा ‘खासखुस’मा मुख्य भूमिका थिए । पछिल्लो चारहप्ता यता उनी खासखुसमा पनि देखिएका छैनन् ।
विभिन्न चिकित्सकसँग चेकजाँच गराएपछि घरमै आराम गरिरहेका माग्नेबूढा अहिले कस्तो अवस्थामा छन् त ? पढ्नुहोस् उनकै भनाइः
धेरै बोल्दा रिंगटा लाग्छ
एक महिना भयो, बिरामी भएको । सबै काम छाडेर घरमै बसेको छु । कुँजो नै भइएला कि भन्ने चिन्ताले बिहान दुई घण्टा हिँड्छु । तर, धेरै हिँड्न पनि हुन्न, धेरै हिँड्यो भने ज्वरो आउँछ ।
ठूलो स्वरले बोल्न पनि हुन्न । धेरै बोल्यो भने भनन रिंगटा लागेजस्तो हुन्छ । ठिकठिकै स्वरमा बोल्छु । फोनमा पनि धेरैबेर कुरा गर्न मिल्दैन । कहिलेकाँही गार्हो हुन्छ । (हाँस्दै) फोन गर्ने मान्छेलाई नगर भन्न मिल्दैन ।
खानामा पनि अलिकति विचार पुर्याउनुपर्ने भएको छ । डक्टरले रक्सी नखानु भनेका छन् । त्यो त म कहिल्यै खाँदिन, तपाईहरुलाई पनि थाहा छ । अरु जे पनि खाए हुन्छ भन्नुभएको छ । खानेकुरा बार्न पर्दैन भन्नुभएको छ डाक्टरले ।
डाक्टरले भनेर मात्रै हुँदो रहेनछ, अरु साथीहरुले चिल्लो, पिरो, बासी खान हुँदैन भन्ने सुझाव दिए । गुगलमा पनि सर्च गरेर हेरेँ । अहिले चिल्लो पिरो बार्दै आएको छु ।
युरिक एसिड पनि हाई भएकाले खसीको मासु खान छाडेँ । गेडाडुगी खान्न । खाए पनि उमारेर मात्रै खान्छु । बेलाबेलामा भटमास, राज्मा खान्थेँ त्यो पनि छाडेँ । खुर्सानी मलाई अनिवार्य चाहिन्थ्यो । अहिले त छुँदै छुन्न । अलि पहिल्यै डाक्टर साबले तपाईलाई डाइजेष्टिङ प्रोब्लम छ, दूध नखानुस् भन्नुभयो । गुगल सर्च गरेर हेरें, त्यो पनि छाडेँ ।
एक पत्र किराले खाएछ
डाक्टरले पाइप हालेर आमासय भन्दा तल सानो आन्द्राको मासु निकालेर चेक गरे । डाक्टरको भनाइ अनुसार आन्द्रामा चारपत्र हुन्छ, त्योमध्ये खानासँग जोडिने पत्रचाँही किटाणुले खाएछ ।
डाक्टरले त्यसो भन्नुभएको १७ दिन भयो । पहिला-पहिला दिनमै चारचोटि जति ट्वाइलेट जानुपथ्र्यो अहिले दिनमा दुईचोटिमा झरेको छ । कहिले एकचोटि मात्रै पनि हुन्छ ।
खाना खाँदासम्म केही हुन्न, खाएको एकछिनपछि चरचर दुख्छ । बिहानपख बढी दुख्छ ।
औषधि पनि फरक-फरकखालको दिनुभएको छ । दुईवटा औषधी एक महिनासम्म खानुपर्ने छ । अरु धेरैथरि औषधि छ, खाँदैछु । औषधिको पैसा लागेन । निशान ज्वाइँ (मैयाँका पति)को औषधि पसल छ, उहाँले नै दिनुभएको छ ।
बिरामीलाई सल्लाह दिन्न
ठूलो बिरामी भएको पहिलोपटक हो । आफैं बिरामी भएपछि ठूलो बुद्धत्व प्राप्त भयो, बिरामी भेट्न जाँदा सरसल्लाह धेरै दिन हुँदोरहेनछ भनेर । आफुले दिएको सुझावले बिरामीलाई झर्को लाग्न सक्छ भनेर पनि बुझ्नपर्ने रहेछ । यस्तो भन्दा नेगेटिभ अर्थ त लाग्ने हैन ? (हा हा हा) ।
बिरामी भएपछि मनोवल पनि घट्दोरहेछ । तर, नयाँ नयाँ मान्छे आउँदा रिफ्रेसमेन्ट हुँदोरहेछ । पहिला भेट्न नपाएका साथीहरुसँग पनि यसपालि भेट भयो । तर, मान्छेहरु आएपिच्छे सुझाव दिन्छन् । यसोभन्दा साथीहरु रिसाउने पो हुन् कि ?
नामचाँहि नभनौ है । प्रवृत्तिको मात्रै कुरा गर्छु । कोही आउँछन्, सोध्छन् ‘कसलाई देखाउनुभयो ?’ फलानोलाई देखाएँ भन्छु । अनि भन्छन् ‘तपाईले डाक्टर नै चिन्नुभएको रहेनछ, फलानोलाई पो देखाउनुपर्छ, मेरो ठूलो बालाई चट्टै पारेका थिए भन्छन् ।
अर्काथरि आउँछन् र भन्छन् ‘हेर्नुस् फलानोले त घाटमै लान ठीक पारेकोलाई पनि चट्टै पारेको छ ।
अर्कोथरि छुट्टै गु्रप छ, तिनले भन्छन् ‘संसार जतिसुकै आधुनिक भए पनि दुईटा अक्षता फाल्नुस्, लागू पनि हुन सक्छ ।’ यस्तो बेजोड माता छिन् । देखाउनुस् भन्ने पनि आए ।
दुई घण्डा हिंड्नुस्, योगा गर्नुस् जस्ता घरेलु सुझाब दिनेहरु पनि छन् । सुझाव दिने त कति हो कति । मसँग डाक्टरलाई विश्वास गर्नु बाहेकको उपाय छैन । म अहिले डाक्टरकै सुझाव अनुरुप औषधी खाँदैछु ।
खासखुसमा खोजी भयो
खासखुसमा म नदेखिएपछि माग्ने खोई भन्ने कुरा आएछ । मलाई नदेखेर कमेन्ट धेरै आएपछि फेसबुकमा पनि लेखेँ ‘मैले भात खाने, किटाणुले मेरो भुँडी खाने, भित्रबाट सिध्याइसकेछ’ खासखुसमा नदेखिएको चार हप्ता भयो । अहिले धेरैले सोधेका छन् ।
प्रेसर लो भन्दै जीवनजल खाँए
छक्का पञ्जाको सुटिङ गर्दा घाम निकै चर्को थियो । आमालाई बोकेर हिँड्नुपर्ने दृश्य थियो । निर्देशकले उकालोमा हिँड्दा राम्रो देखिन्छ भन्नुभयो, झलुङ्गे पुलमा राम्रो देखिन्छ भन्नुभयो । त्यसै गरेँ । फेरि मलाई अभिनय चाँहि ज्यान दिएर गर्न मन लाग्छ । ज्यान जति गले पनि बोकेर कुदेँ ।
त्यसरी आमालाई बोकेर हिँड्दा निकै गार्हो हुन्थ्यो । म प्रेसर लो छ भन्थेँ, दीपा दिदीहरु जीवनजल बनाएर खवाउनुहुन्थ्यो । हात खुट्टा फतक्क गल्ने । मैले चाँही युरिक एसिडले पनि होला भन्थेँ । भिटामिन ‘बी’को कमी हुँदा पनि यस्तो हुन्छ भन्दा रहेछन् ।
लगातार ज्यान गलेपछि होलबडी चेक गर्न भनेर बानेश्वरको एउटा निजी अस्पतालमा गएँ । होलबडी चेकअप सकियो भनेे । मैले सोधेँ-मेरो पेट चेक गरेको खै त ? अस्पतालका कर्मचारीले जवाफ दिए- होलबडीमा पेट पर्दैन । त्यसको छुट्टै पैसा लाग्छ । अनि अर्कै अस्पतालमा गएर पेट चेक गराएँ । त्यसपछि थाहा भयो मेरो आन्द्राको एक पत्रक किराले खाएको कुरा ।
डाक्टरले माग्नेलाई चिनेनन्
मैले योवीचमा तीनजना डाक्टरलाई देखाँए । मलाई डाक्टरले ‘माग्ने बुढा’ भनेर चिनेनन् । म सामान्य बनेर गएँ । उहाँहरुले केदार घिमिरे भनेर नाम हेर्नुभयो, जाँच गर्नुभयो त्यत्ति हो । अस्पतालका अरु स्टाफहरुले चाँहि बेलैमा चिने ।
समग्रमा अस्पतालको शैली कतैचाँहि पालो मिच्ने चलन रहेछ । अस्पतालको स्टाफको चिनजानीमा कोही छ भने उसले पछाडि नाम लेखाएको भए पनि चाँडो पालो आउने रहेछ । नाम बोलाउनेले धेरै ठाउँमा गड्बडी गरिदिने रहेछ ।
सामान्य समस्या भए पनि चेक गरिहाल्नुस्
जेसुकै भए पनि सामान्य समस्या भयो भने बेलैमा चेकअप गर्नुपर्ने रहेछ । म पनि बेलैमा गएको भए किराले एकपत्रै खाने थिएन होला ।
ज्वरो आयो भने आफैं सिटामोल खायो, पखाला लाग्दा आफैं औषधी किन्यो, खायो गरिन्थ्यो ।
यसपालि चेक गराएपछि चाँही समयमै खानुपर्छ भन्ने पनि थाहा भयो । दिनमा चौबीस घण्टा हुन्छ भने कम्तिमा १५ मिनेट आफ्नो ज्यानका लागि दिनुस् भन्ने सुनिन्थ्यो । हो रहेछ भन्ने लागेको छ ।

अनलाइन खबर बाट साभार !!!
भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस
(adsbygoogle = window.adsbygoogle || []).push({});
![]() |
0 comments:
Post a Comment