भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस
काठमाडौं, ८ असार । आफगानिस्तानको राजधानी काबुलमा भएको आतंकवादी हमलामा मारिका १२ नेपालीको शव बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने भएका छन् ।
साढे ११ बजे एयरबस विमानस्थलमा अवतरण गर्ने बताईएको छ । विमानमा अफगानिस्तानबाट घर फर्कन चाहने नेपालीलाई समेत ल्याउने सरकारले निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयले मंगलबार गरेको ब्रिफिङमा मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले घाइतेको उचित उपचार, मृतकका परिवारलाई क्षतिपूर्ति र शवलाई नेपाल ल्याउन पहल भइरहेको बताएका थिए ।
क्यानडाको दूतावास सुरक्षाका लागि बसमा जाँदै गर्दा सोमबार बिहान तालिवानी आतंकवादीले बम विस्फोट गराएका थिए । बिहान साढे ३ बजे नेपाल वायु सेवा निगमको चार्टर विमान शव लिनका लागि काबुल गएको छ ।
भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस
(adsbygoogle = window.adsbygoogle || []).push({});
|
0 comments:
Post a Comment