भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस
अन्तर्राष्ट्रिय खगोलशास्त्र संघ (आइएयु) ले मंगल ग्रहको ९.८ किलोमिटर चौडा एक खाल्डोको नाम लाङटाङ राखेको हो । अनुसन्धानकर्ता जालिङ दे हासले भने, ‘उक्त नेपाली गाउँको सम्झनामा ग्रहको खाल्डोको नामाकरण गरिएको हो ।’ नेदरल्यान्ड्सको एक विश्वविद्यालयमा मंगलग्रहको भौतिक भूगोलबारे अध्ययन गरिरहेका डा. जालिङ दि हासले भने । उनका एकजना साथीले लाङटाङ क्षेत्रमा हिमनदीहरुको अध्ययन गरेकाले आफूले सो खाल्डोको नाम लाङटाङ राखेको अन्तराष्ट्रिय समाचार संस्थालाई बताए ।
‘मेरो साथीले त्यहाँ निकै लामो समय बिताएको थियो । त्यसैले उक्त खाल्डोको नाम लाङटाङ राख्नु उपयुक्त हुने लाग्यो’ उनले भने । डा. हासले उक्त खाल्डोको माथिल्लो भागमा देखिएका चिन्हहरु संभवत ः पानीको बहावको संकेत हुनसक्ने पनि बताए । उनले मंगल ग्रहकै अर्को खाल्डोको नाम बुन्निक राखेका छन् ।
अन्तर्राष्ट्रिय खगोलशास्त्र संघको ग्रह प्रणाली नामाकरण संबन्धी कार्यटोलीले ती दुबै नामहरुलाई अनुमोदन गरेको थियो ।

(adsbygoogle = window.adsbygoogle || []).push({});
|
0 comments:
Post a Comment