एसएलसी नतिजामा चित्त नबुझेपछि फेरी आत्महत्या!

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस

४ असार, बैतडी । एसएलसीको नतिजाबाट निराश बनेकी बझाङकी एक छात्राले आत्महत्या गरेकी छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार पिपलकोट–१ की १८ वर्षीया सपनाकुमारी भण्डारीले आत्महत्याको बाटो रोजेकी हुन् ।
उनले भने – “सँगैकी साथी राम्रो ग्रेडमा पास हुँदा आफ्नो न्यून ग्रेड आएको भन्दै आत्महत्या गरेको भन्ने बुझिएको छ ।”
मृतक छात्राले बुङगलस्थित बटुलसेरा कन्या माविबाट एसएलसी परीक्षा दिएकी थिइन ।
बिहीबार एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको दिन न्यून ग्रेड ल्याएको भन्दै भण्डारीले रुखमा झुन्डिएर आत्महत्या गरेको कन्या माविका शिक्षक अक्कल कुँवरले बताए । उनले भने – “विद्यालयका जेहेन्दार विद्यार्थीले यसरी आत्महत्या गर्दा विद्यालय परिवार दुखित छ ।”
भण्डारीले डी प्लस मा १ दशमलव ३० जिपिए ग्रेड ल्याएकी थिइन् । अनलाइन खबर बाट!!

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस

(adsbygoogle = window.adsbygoogle || []).push({});
SHARE

About News Nepal

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment