भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस
असार ५, २०७३- भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाल–भारत सम्बन्धमा केही असमझदारी र कमी देखिए पनि त्यो हटेको बताएकी छन् । भारतीय विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा आइतबार स्वराजले दुई देशबीच भएको द्विपक्षीय भ्रमणले असमझदारी हटेको बताएकी हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले दुई वर्षमा कूटनीतिक क्षेत्रमा गरेको प्रगतिबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा स्वराजले दुई देशबीच सांस्कृतिक, भौगोलिक तथा ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गरिन् ।नेपालले संविधान जारी गरेलगत्तै भारतले नाकाबन्दी लगाएपछि दुई देशबीच सम्बन्ध चिसिएको थियो । पत्रकारहरूले विशेषगरी मोदी सरकारको नेपाल, बंगलादेशलगायत मुलुकसँग विश्वासको संकट बढेकोमा जिज्ञासा राखेपछि विदेशमन्त्री स्वराजले नेपालसँगको असमझदारी हटेको दाबी गरेकी हुन् ।
नाकाबन्दी हटेपछि गत फागुनमा प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गरेका थिए भने त्यही महिना सार्क मन्त्रिपरिषद् बैठकमा पोखरामा भाग लिने क्रममा भारतीय विदेशमन्त्री स्वराजले नेपाली नेताहरूसँग भेटवार्ता गरेकी थिइन् । गतसाता मात्रै सार्क विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन आउँदा परराष्ट्रमन्त्री कमल थापाले स्वराजसँग भेटघाट गरेका थिए ।
यसबीच भारत न्युक्लियर्स सप्लायर्स ग्रुप (एनएसजी) को सदस्य बनेमा छिमेकी मुलुकमा प्रभुत्व अझ बढ्ने र सार्कलगायत क्षेत्रीय एजेन्डा ओझेलमा पर्ने आशंकाबीच उसले त्यसो नहुने दाबी गरेको छ । एनएसजीको सदस्य प्राप्तिका लागि केही महिनायता भारतले अमेरिका, चीन, फ्रान्सलगायत शक्तिराष्ट्रहरूलाई मनाउन खोजिरहेको छ ।
विदेशमन्त्री स्वराजले एनएसजी सदस्यता लिन खोज्नुलाई भारतले सार्कलाई कम महत्त्व दिन खोजेको रूपमा बुझ्न नहुने बताइन् । ‘भारत र सार्कका अरू मुलुकहरूबीचको सम्बन्ध एकदमै राम्रो दिशामा गइरहेको छ,’ स्वराजले भनिन्, ‘विगत दुई वर्षमा भारत छिमेकीहरूको संरक्षकका रूपमा अगाडि आएको छ र संकटको समयमा सहयोग गरिरहेको छ ।’
भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस
(adsbygoogle = window.adsbygoogle || []).push({});
|
0 comments:
Post a Comment