भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस
गत जेठ १२ गते नवलपरासी बर्दघाट ८ भुताहस्थित विमलको घरमा मृत अवस्थामा फेला परेकी मनीषाको हत्याबारे अनुसन्धान गरिरहेको प्रहरीले हत्यामा उनका प्रेमी आशिष नै संलग्न रहेको भन्दै उनी विरुद्ध मुद्धा प्रक्रिया अघी बढाएको छ ।
प्रेम सम्बन्धकै क्रममा चलेको उतार चढावका कारण मनीषाको हत्या आशिषले गरेको खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरुबीच झगडा भएको एसएमएस लगायतका प्रमाण भेटिएपछि उनको हत्यामा आशिषको संलग्नताको पुष्टी प्रहरीले गरेको हो ।

घटना हुनु अघिल्लो दिन आशिषले मनीषालाई जे पनि हुन सक्छ भनेर धम्क्याउनु, घटनास्थलमा कसैले पनि मनीषालाई झुन्डिएको अवस्थामा नदेख्नु, झुन्डिएको भनिएको कोठाको पंखामा लागेको धुलोमैलो कतै नलतपतिनु, मनीषाको पलङको सिसा फुट्नु, पंखा दुरुस्त अवस्थामा हुनु, घरको ढोका र चुक्कुल नलगाइनु, शरीरमा केही नीलडाम देखिनु, मनीषाको कोठामा रगतको टाटा पनि देखिनु, मनीषाको शव आसपासमा पासो लगाइएको डोरी नभेटिनु, पछि आशिषले पासो आफूले घरछेउको कल्भर्टमा लुकाएको भन्दै प्रहरीलाई दिनु जस्ता कुराले उक्त घटनामा आशिषको संलग्नता पुष्टी भएको हो ।
भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस
(adsbygoogle = window.adsbygoogle || []).push({});
|
0 comments:
Post a Comment