काबुल आत्मघाती आक्रमणः तालिबानले किन मार्‍यो नेपाली सुरक्षा गार्ड ?

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस

६ असार, काठमाडौं ।इराकमा १२ जना नेपालीलाई इस्लामिक अतिबादीहरुले विभत्स हत्या गरेको घटनापछि नेपालमा आक्रोशको आगो बलेको थियो । २०६० सालमा भएको उक्त घटनामा काठमाडौंका अधिकाँश म्यानपावरमा आक्रमण भएको थियो भने अरवौंको क्षति भएको थियो ।
भदौ १६ लाई कालो दिन भन्ने सम्मको अवस्था ल्याएको १४ वर्ष अघिको उक्त घटना विर्सिन लागेको बेला अफगानिस्तानमा रोजगारीमा गएका १४ जना नेपाली तालिबानी आक्रमणमा मारिन पुगेका छन् ।
अफगानी राजधानी काबुलको पूर्वी शहर जलालावादमा गराइएको आत्मघाती आक्रमणको निशानामा काममा जाँदै गरेका नेपाली सुरक्षागार्ड परेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मिनि बस चढेर कार्यस्थल जाँदै गर्दै उनीहरु चढेको बस आत्मघाती आक्रमणको चपेटामा परेको थियो । उनीहरुले क्यानेडियन राजदुताबासमा काम गर्ने बताइएको छ ।
अफगाानिस्तान सरकारले काबुलमा भएको आत्मघाती बम आक्रमणमा १४ नेपाली सुरक्षा गार्ड मारिएको पुष्टि गरेको छ । उनीहरुको परिचय भने खुलाइएको छैन । वासिङ्टनपोष्टका लागि अफगानी पत्रका साएद सलाहुद्धीनले आफ्नो ट्वीटरबाट आक्रमणको जिम्मेवारी तालिबानले लिएको जानकारी पनि दिएका छन् ।
उक्त घटनामा १४ जना नेपाली मारिएका छन् भने ५ जना घाइते भएका छन् । घाइते भएका नेपाली मध्ये एक सुनिल रोका क्षेत्रीले आफूहरु क्यानेडाली दुताबासमा काममा जाँदै गर्दा आक्रमणमा परेको बताएका छन् ।
टाउकोमा टाँका लगाएर अस्पतालमा बसिरहेका क्षेत्रीले न्यूयोर्क टाइम्ससँग कुरा गर्दै भनेका छन्, ” थुप्रै मान्छे मरे, म मेरो परिवारलाई भन्न चाहन्छु, म ठिक छ, म घर आउने छु” ।
तालिबानको निशानामा किन परे नेपाली ?

तालिबानीहरुको निशानामा नेपालीहरु किन परे भन्ने अझै खुल्न सकेको छैन तर सामान्यतः नेपाली सुरक्षा गार्डहरुले अमेरिकी कम्पनीहरुलाई सुरक्षा सेवा दिने भएका कारण उनीहरु तालिबानको निशानामा परेको अनुमान गर्न कठिन छैन । अमेरिकी सेनाले समेत सुरक्षा गार्डमा नेपालीहरुलाई लिने गरेको छ । यद्यपी यो आक्रमण नेपालीलाई नै निशानामा पार्न गरिएको हो कि होइन तालिबानले स्पष्ट पारेको छैन ।
अरवी सञ्चार माध्यम अलजजिरासँग कुरा गर्दै तालिबानका प्रवक्ताले आक्रमण आफूहरुले बताएका छन् । अमेरिकी सेना, नेटो सेनामा आवद्ध कुनै पनि देशका सेना वा कम्पनीहरुलाई सहयोग गर्ने जो कसैलाई तालिबानीहरुले सत्रु मान्ने गरेका छन् । तत्कालीन इराकमा पनि इस्लामिक अतिबादीहरुले नेपालीहरुलाई अमेरिकीहरुलाई सहयोग गर्ने एजेन्ट भएको आरोपमा मारेका थिए ।
अर्को कारणः
नेपालीहरु गोर्खा सैनिककोरुपमा बेलायती सेनाबाट पनि अफगानिस्तानमा युद्ध लडेका थिए । यसकारण पनि नेपाली गोर्खा र सुरक्षा गार्डप्रति तलिबानीहरु रुष्ट रहेका छन् । यसकारण पनि नेपालीहरुमाथि तालिबानी आक्रमण भएको अनुमान गर्न सकिन्छ । यद्यपी तालिबानले आधिकारिकरुपमा नेपालीमाथि आक्रमण गर्नुको कारण खुलाएको छैन ।
परराष्ट्र मन्त्रालयले यस विषयमा जानकारी लिइरहेको बताएपनि विवरण दिएको छैन । अफगानी गृहमन्त्रालयलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमले १४ नेपाली नागरिक आक्रमणमा परेको पुष्टि गरेका छन् ।
घटनाबाट स्तब्ध भएको जानकारी दिँदै परराष्ट्रमन्त्रालयले घटनाबारे बुझ्नका लागि समन्यवय गरिरहेको जानकारी ट्वीटरबाट दिएको छ ।
Shocked by the news of suicide attack in a convoy in Kabul. Verifying the news about the reported casualties of Nepalese nationals, if any.

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस

(adsbygoogle = window.adsbygoogle || []).push({});
SHARE

About News Nepal

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment