मेस्सीको कीर्तिमानी गोल!

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस

काठमाडौं- अर्जेन्टिनाका स्ट्राइकर लियोनेल मेस्सीले ग्याब्रियल बाटिस्टुटाको नाममा रहेको ५४औं अन्तर्राष्ट्रिय गोलसँग बराबरी गरेका छन्। आइबार बिहान सम्पन्न भेनेन्जुएलाविरुद्धको खेलमा ६०औं मिनेटमा गोल गर्दै मेस्सीले बाटिस्टुटाको नाममा रहेको कीर्तिमान गोलसँग बराबरी गरेका हुन्।
बाटिस्टुटाले अर्जेन्टिनाबाट ८० क्याम्प खेल्दै ५४ गोल गरेका थिए। मेस्सीले १ सय १० क्याम्प खेल्दै ५४ गोल गरेका हुन्। जारी प्रतियोगीताको उनको यो चौथो गोल हो। यसअघि उनले पानामाविरुद्ध ह्याट्रिक गरेका थिए।
मेस्सीले बाटिस्टुटाको नाममा रहेको कीर्तिमानसँग बराबरी गर्न पाएकोमा आफू खुसी रहेको बताए। 'तर यहाँ उपाधिको खडेरी तोड्न आएकाले त्योभन्दा आजको जित महत्वपूर्ण छ,' उनले भने।

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस

(adsbygoogle = window.adsbygoogle || []).push({});
SHARE

About News Nepal

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment